चैत्र २९,काठमाडौं । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल आउट हुदै १६१ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि अशोक धामीले ४३ रन बनाए भने किरण ठगुन्नाले ३५ र नारायण जोशीले २९ रन बनाएका थिए । त्यस्तै आर्मीका बलर आकाश चन्द र शहाब आलमले ३(३ विकेट लिएका थिए भने बसिर अहमदले २ तथा कुशल मल्लले एक विकेट लिएका थिए ।