• २०८३ जेष्ठ २१ गते बिहिवार

साहुखल र घिमिरेलाई राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकको जिम्मेवारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकको जिम्मेवारी बालगोपाल साहुखल र चेतकुमार घिमिरेले दिएको छ । मंगलबार एन्फाका महासचिव किरण राईले साहुखल र घिमिरेलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको पत्र हस्तान्तरण गरेका हुन् ।

त्यस्तै टिम व्यवस्थापकमा मदनलाल श्रेष्ठ, सहायक व्यवस्थापक राजीवकुमार यादव र ‘पर्फमेन्स एनालिस्ट’ को जिम्मेवारी पंकज शाहीलाई दिइएको एन्फाले जनाएको छ ।

नेपाल र हङकङबीच हुने मैत्रीपूर्ण खेलका लागि उनीहरुलाई जिम्मेद्वारी दिइएको एन्फाले बताएको छ । हाल यो खेलका लागि प्रमुख प्रशिक्षक गुल्लिएल्मो एरेनाको प्रशिक्षणमा ४९ जना खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस