• २०८३ जेष्ठ २९ गते शुक्रवार

निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत जादै देउवा समुह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३, काठमाडौं । नेपाली काँग्रेसको देउवा समुह निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएको छ।

शनिबार बिहान बसेको बैठकले माघ २ गते आयोगले गरेको निर्णय नेपालको संविधान, प्रचलित कानुन र कांग्रेसको विधान विपरीत रहेको ठहर गरेको प्रकाश शरण महतले जानकारी दिए । उनले आइतबार निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएका छन् ।

उनले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि सशक्त प्रतिवाद गर्ने बताउदै आयोगले आफूलाई नबोलाइ कथित विशेष महाधिवेशनको वैधानिकता र उपस्थित सङ्ख्या समेत जाँच नगरी एकतर्फी निर्णय गरेको बताए ।

शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता प्रदान गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस