• २०८३ बैशाख ५ गते शनिवार

एमालेको सचिवालय बैठक आज बस्दै, उम्मेदवार छान्ने एजेण्डा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न आज दिउँसो १ बजे सचिवालय बैठक बस्दैछ ।

बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने गरि बोलाइएको छ । एमालेले जिल्ला हुँदै प्रदेश कमिटीले सिफारिस गरि पठाएका नाममध्ये प्रत्येक निर्वाचन क्षेत्रमा एक जनालाई उम्मेदवार बनाउने छ ।

फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस