• २०८३ जेष्ठ १७ गते आइतवार

आजको मौसम पूर्वानुमान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ ।

हाल कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको छ र पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस