• २०८३ भाद्र ३१ गते बुधवार

सुनचाँदीको मूल्यमा वृद्धि  

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
भदौ ३१, काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको मूल्य प्रतितोला रु एक हजार ७०० र चाँदीको मूल्य रु ८५ ले   बढेको हो  ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार ८०० र चाँदीको मूल्य रु चार हजार ६८५ कायम भएको छ । मङ्गलबार  छापावाल सुन प्रतितोला रु तीन लाख १०० र चाँदीको मूल्य रु चार हजार ६०० कायम थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस