• २०८३ साउन ३१ गते आइतवार

पछिल्लो तीन दिन मेरो अहिलेसम्मकै बढी निन्दा भयो, भोली जवाफ दिन्छु- गगन थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३१, काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले सोमबार संस्थापन इतर पक्षको भेला बारे पार्टी कार्यालयमा बोल्ने बताएका छन् । राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले गएको तीन दिन आफ्नो अहिलेसम्मकै धेरै निन्दा भएको सुनेको बताए ।

उनले भने- ‘मैले यो धर्तीमा जन्मेदेखि आजसम्म मेरो जति निन्दा भएको त्यति गएको तीन दिनमा भएको छ ।’ उनले सोमबार पार्टी कार्यालयमा संचारकर्मीहरुलाई बोलाएर चुनदेवी भेला बारे बोल्ने बताए ।

काँग्रेसको संस्थापन इतर पक्षले तीन दिनसम्म राष्ट्रिय भेला गर्दै संस्थापन पक्षलाई चुनौती दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस