असार २, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संघर्ष अझै समाप्त नभएको छ । उनले हालको शान्ति सम्झौतालाई ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय’ भन्दै इजरायल आफ्ना प्रतिकारात्मक कारबाही गर्ने अधिकारमा कुनै सम्झौता नगर्ने स्पष्ट गरेका छन् ।

नेतन्याहूका अनुसार यदि हिजबुल्लाहले इजरायलमाथि आक्रमण गरेमा इजरायलले लेबनानमा प्रतिकार गर्ने स्पष्ट गरेका हुन् । यसअघि नेतन्याहूले ट्रम्पलाई युद्ध सुरु गर्न मनाउन महत्वपूर्ण भूमिका खेलेका थिए र अमेरिकासँग मिलेर इरानमाथि पनि आक्रमण गराइएको दाबी गरिएको छ ।
इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन ग्वीरले पनि यो सम्झौता ट्रम्पको निर्णय भएको भन्दै इजरायल त्यसमा बाध्य नरहेको बताएका छन् । त्यस्तै रक्षामन्त्री इजरायल काट्जले दक्षिणी लेबनानबाट सेना फिर्ता नहुने स्पष्ट पारेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने इरानले सम्झौताका सबै सर्त पालना नगरेसम्म प्रतिबन्ध खुकुलो नहुने बताएका छन् । अमेरिकाले तत्काल कुनै आर्थिक राहत नदिने पनि स्पष्ट गरेको छ ।
यता इरानका राष्ट्रपति मसूद पजशकियानले अमेरिकासँग भएको सम्झौतालाई ‘विजयको दस्तावेज’ भन्दै इजरायलको असन्तुष्टिले वार्तामा इरान बलियो अवस्थामा रहेको पुष्टि भएको दाबी गरेका छन् ।