• २०८३ बैशाख ११ गते शुक्रवार

हुम्लाको चंखेलीमा जीप दुर्घटना, तीन जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २४, सुर्खेत । हुम्लाको चंखेलीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।चंखेली गाउँपालिका–६ मेल्छामबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बरको बोलेरो जीप शुक्रबार बिहान चंखेली गाउँपालिका–४ देसीखोला गोठ्यानामा दुर्घटना भएको हो ।


हुम्लाबाट नौ जना यात्रु बोकेर आएको उक्त जीप दुर्घटना हुँदा चंखेली गाउँपालिका–६ की वसन्ती बुढा, उनकी नाबालिका छोरी र मानबीर बुढाको मृत्यु भएको चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले जानकारी दिए ।

जीप दुर्घटनामा हुम्लाका कैलाश सिरा, चालक बहादुर लामा, हमेन्द्र रोकाया, हंश बुढा, पार्वती बुढा र विमला बुढा सहित सात जना घाइते छन् । घाइतेको पिप्लाङ स्वास्थ्य चौकीमा उद्धार गरि प्राथमिक उपचार पछि नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगन्ज पठाउने तयारी भइरहेको छ ।

जीप दुर्घटनामा परी घाइते भएकाहरुलाई लिन नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी शंकर पोखरेलले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस