• २०८३ बैशाख ३ गते बिहिवार

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
वैशाख ३, मकवानपुर।  कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ ।
करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोईला  खरिदका बोलपत्र  आव्हान गरिसकेको छ ।
करिब २ हप्ता भित्र कोइला आईपुग्ने हेटौँडा सिमेण्ट उद्योगको सहायक प्रवन्धक विकास श्रेष्ठले बताउनुभयो ।   कोइलाको परीक्षण नतिजा अनुसार मात्र सिमेण्टको उत्पादनको समय निर्धारण हुने उहाँले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस