• २०८३ बैशाख ३० गते बुधवार

कांग्रेसको मधेश जनसभाको तयारी तिव्र, प्रतिज्ञा पत्र सार्वजनिक हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, जनकपुर । नेपाली कांग्रेसले फागुन ६ गते बुधबार जनकपुरधाममा आयोजना गर्न लागेको विशाल मधेश जनसभाको तयारी तिव्र बनाएको छ । विशेषगरी मधेश केन्द्रित रहेको उक्त जनसभामा पार्टी सभापतिसहित केन्द्रिय समितिका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समिति संयोजक नितेश कुमार गुप्ताका अनुसार कार्यक्रम जनकपुरधामको तीरहुतीया गाछिमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ । जनसभा कार्यक्रमको प्रमुख अतिथि गगन कुमार थापा रहनेछन भने मधेश प्रदेशका मुख्यमन्त्री एवम प्रदेशका सभापति कृष्णा प्रसाद यादवले अध्यक्षता गर्नेछन् । प्रचार प्रसार समिति संयोजक गुप्ताका अनुसार जनसभा कार्यक्रममा जेनजी युवाहरुको माग सम्बोधन सहितको प्रतिज्ञा पत्र सार्वजनिक गरिनेछ ।

कार्यक्रममा मधेश प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुको उपस्थिति रह्ने संयोजक गुप्ताले जानकारी दिए । उनले लाखौंको संख्यामा नेता, कार्यकर्ता तथा समर्थकहरुको उपस्थिति रहने दाबी गरे । नेपाली कांग्रेसले चुनाव केन्द्रित तथा पार्टी र संगठन मजबुत बनाउने अभियान तहत मधेश जनसभा गर्न लागेको संयोजक गुप्ताले बताए । कार्यक्रम व्यवस्थापनका निम्ति जिल्ला तथा वडाका सभापतिहरुको विशेष बैठक नेपाली कांग्रेसको मधेश प्रदेश पार्टी कार्यालयमा बसेको छ । उक्त बैठकमा कार्यक्रम सफल एवम व्यवस्थित बनाउनका लागि जिम्मेवारी तोकिएको प्रचार प्रसार संयोजक गुप्ताले बताए । उनले भोलि आधिकारिक रुपमै तयारी सम्बन्धि पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस