• २०८३ साउन ३० गते शनिवार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३०, काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १०७ सवारी चालकलाई २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार साउन ३० गते बिहान ६ बजेसम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई विभिन्न कसुरमा कारबाही गरिएको हो।

कारबाहीमा तीव्र गतिमा सवारी चलाउने १३३, रेड लाइट उल्लंघन गर्ने ६४, लेन उल्लंघन गर्ने ४२, अवस्था ठीक नभएका सवारी ४३ र वन–वे उल्लंघन गर्ने १४ जना रहेका छन्।

त्यस्तै मापसे गरी सवारी चलाउने ७९, सीसीटीभी निगरानीबाट ३७, हर्न निषेध उल्लंघन गर्ने १९ तथा अन्य कसुरमा ६७६ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले उपत्यकामा सवारी नियम पालना गराउन नियमित अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।

May be an image of ‎phone, calendar, poster and ‎text that says '‎काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति ₹3ం गते बिहान ξ:00 बजे सम्म मा.प.से. सिसिटिभी ७९ RED लाईट ३७ নिরर गति ६४ हर्न लेन १३३ अवस्था ठिक नमएको १९ حل ONE ONEWAY WAY Y अन्य १४ ६७६ २४ घण्टे कारवाही संख्या ११०७ Kathmandu Valley Traffic Police Office Ramshahpath, Kathmandu CONTACT 103 (Emergency) vtpo@nepalpolice.gov.np facebook.com/ktmtraffic @valleytraffic traffic.nepalpolice.gov.np‎'‎‎

Sharing

प्रतिक्रिया दिनुहोस