• २०८३ मङ्सिर २ गते मङ्गलवार

नेप्से ३३.२७ अंकले बढ्यो, १० अर्ब ५३ करोडको कारोबार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २, काठमाडौं । नेप्से आज बढेको छ । आज बुधबार नेप्से ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा पुगेर रोकिएको छ । आज ३४४ कम्पनिका २ करोड ६४ लाख ३८ हजार ५२१ कित्ता शेयर १० अर्ब ५३ करोड ७० लाख ८ हजार ७९६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, रिज लाइन इनर्जी, सुर्यकुण्ड हाइड्रो, होटल फोरेस्ट इन, सिन्धु विकास बैंक र पाल्पा सिमेन्टको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सुपर खुदीको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको शेयर ५.६१ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको ५८ करोड ९ लाख बराबर कारोबार भएको छ भने रिनेशनल हाइड्रोको ५७ करोड ११ लाख बराबरको कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस