फागुन ३, काठमाडौं । जारी टी-२० विश्वकप अन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको खेल जारी रहेको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले खराब शुरुवात गरेको छ । नेपालले १० ओभरको खेल सकिदा ४ विकेट गुमाएर ४२ रन बनाएको छ । नेपालका कुशल भुर्तेल १, आसिफ सेख ११, कप्तान रोहित पौडेल ५ र आरिफ सेख २ रन बनाएर आउट भएका छन् ।