• २०८३ बैशाख ८ गते मङ्गलवार

आज कति पुग्यो सुनचाँदीको मुल्य ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३, काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको तोलाको २३ सयले बढेर तोलाको ३ लाख ५ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख ३ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर तोलाको ४९८५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५००० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस