• २०८३ बैशाख १० गते बिहिवार

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३, रौतहट। रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र उनकी २१ वर्षीया पत्नी रहेका छन्।

दुर्गाभगवती गाउँपालिका – ४ अन्तर्गत पर्ने गौर–गंगापिपरा सडकखण्डको झाझपुल नजिक आज बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। उपचारकै क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस