• २०८३ भाद्र २९ गते सोमवार

थाइल्यान्डबाट ३ केजी गाँजा ल्याएको आरोपमा तीन विदेशी नागरिक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९, काठमाडौं । थाइल्यान्डबाट नेपाल ल्याइएको करिब ३ केजी गाँजासहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरका अनुसार विमानस्थलमा यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा शंकास्पद गतिविधि देखिएपछि अनुसन्धान अघि बढाइएको थियो। पक्राउ पर्नेमा म्यानमारका २१ वर्षीय ZIN ZIN PHYO तथा भारत उत्तर प्रदेशका ३० वर्षीय BARKATULLAH र २५ वर्षीय YUSUF KHAN रहेका छन्।

प्रहरीका अनुसार ZIN ZIN PHYO ले सिगापुरमा बस्दा सुटकेसभित्र गाँजा लुकाएर थाइल्यान्ड हुँदै नेपाल आएको र अन्य दुई भारतीय नागरिकले पनि सोही समूहसँग सम्बन्धित रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूको साथबाट ३ केजी गाँजा, राहदानी र मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

May be an image of blueprint and text

Sharing

प्रतिक्रिया दिनुहोस