पुस १८, पाल्पा । पाल्पामा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । बुटबलदेखि रिडितर्फ गएको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना भई ६० मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर श्वाती का अनुसार आठ जनालाई उपचारका लागि तानसेनस्थित अस्पताल पठाइएको छ । दुर्घटना बिहान १०ः३० बजे भएको बताइएको छ ।
बस दुर्घटनाका छ मृतकको सनाखत भएको छ । सात जनामध्ये एक जनाको सनाखत हुन सकेको छैन । सनाखत हुनेमा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–२ का चार जना रहेका छन् । मालारानीका २८ वर्षीय भोजेन्द्र विश्वकर्मा, सोही स्थानका २५ वर्षीय शङ्कर विश्वकर्मा, सोही स्थानका २६ वर्षीय मोहन कुँवर र ३३ वर्षीय अर्जुन सुनार रहेका छन् । त्यस्तै रुपन्देही जिल्लाको बुटवल उपमहानगर–११ का ३२ वर्षीय विजय थापा, बुटवल–१७ का ३० वर्षीय पशुपति रसाली, सोही स्थानका खुमबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालप पाल्पाले जनाएको छ ।