• २०८३ कार्तिक २८ गते शुक्रवार

भोली देखी उपभोक्ताले पुरा सिलिन्डर पाउने, मुल्य २०६० पर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३०, काठमाडौं ।  उपभोक्ताले भोलिबाट फुल सिलिन्डर ग्याँस पाउने भएका छन्।नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा सहज भएको भन्दै भोलीवाट उपभोक्तालाई पुरा सिलिन्डर दिन लागिएको हो । निगमले सार्वजनिक गरेको सूचना अनुसार भोलिदेखि लागू हुने गरी मुलुकभर नै साबिक बमोजिमको १४.२ केजी क्षमताको ग्याँस सिलिन्डर पुनः बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

इन्डियन आयल कर्पोरेसनका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरुबाट भइरहेको लोडिरिङ अवस्थामा उल्लेखनीय सुधार आएपछि यो निर्णय लिइएको उसको भनाई छ । भोलिबाट बजारमा उपलब्ध हुने पूर्ण क्षमताको १४।२ केजी ग्याँस सिलिन्डरको पूरा मूल्य भने २ हजार ६० रुपैयाँ तोकिएको छ ।

इरान अमेरिका बिच युद्द चर्किए पछि सरकारले केही समय देखी आधा सिलिन्डर मात्रै बिक्री गर्दै आएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस