माघ २, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ चैनपुरमा ट्रकको ठक्कर बाट एक पैदल यात्रुको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार विहिबार पुर्वबाट पश्चिम तर्फ जांदै गरेको ना ५ ख ५०७५ नम्वरको ट्रकले चैनपुर स्वर्गद्धारी गेट अगाडी ठक्कर दिंदा शिवराज नगरपालिका १ चैनपुर निवासी ५० बर्षीय हाउ थारुको घटना स्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाक्लो हुस्सुका कारण घटना भएको ट्रक चालकलाई उद्धृत गर्दै वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले बताउनु भयो । तराईमा बाक्लो हुस्सु लागेकाले गति सिमीत गरि सवारी चलाउन समेत उहांले आग्रह गर्नुभयो ।