• २०८३ बैशाख ३१ गते बिहिवार

प्रतिनिधि सभामा विपक्षीको अवरोध, नीति तथा कार्यक्रममाथिका प्रश्नको जवाफ दिन प्रधानमन्त्री आउनुपर्ने माग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३१, काठमाडौं । प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गरेका छन् ।

सभामुख डिपी अर्यालले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बोलाएपछि विपक्षी दलहरुले अवरोध गरेका छन् ।

अवरोध बारे जानकारी दिदै नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री जवाफ दिन नआएमा आफुहरुको अवरोध कायम रहने बताएकी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस