• २०८३ बैशाख १४ गते सोमवार

नेप्सेमा सामान्य वृद्धि, ६ अर्ब २० करोडको कारोबार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ३०, काठमाडौं । नेप्से आज सामान्य बढेको छ । बुधबार नेप्से १.५२ अंकले बढेर २६४१.४३ विन्दुमा पुगेर रोकिएको छ । आज ३२० कम्पनिका एक करोड २५ लाख ४ हजार ९७० कित्ता शेयर ६ अर्ब २० करोड ९४ लाख ३८ हजार ९०६ मा कारोबार भएको थियो । आज बैंकिङ, जीवन वीमा, उत्पादन, माइक्रोफाइनान्स र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज सुपर मादी हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ९.९४ प्रतिशतले बढेको छ भने थ्री स्टार हाइड्रोको शेयर ८.२३ प्रतिशतले बढेको छ । त्यस्तै आज आइसीएससी फाइनान्स डिभेन्चरको शेयर सबैभन्दा बढी ३.३० प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी राढ़ी जलविद्युतको २६ करोड २४ लाख बराबरको कारोबार भएको छ भने युनियन हाइड्रोको २३ करोड २६ लाख बराबरको कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस