• २०८३ बैशाख ४ गते शुक्रवार

काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ३०, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । यसअघि मंगलबारको बैठक बस्दै नबसी स्थगित गरेर आज बिहान ८ बजेका लागि बैठक बोलाइएको छ ।

विशेष महाधिवेशन पक्षधरसँगको वार्तामा सहमति हुन नसकेपछि छलफल लम्बिदा केन्द्रीय समितिको १ बजेका लागि बोलाइएको बैठक मंगलबार बस्दै नबसी स्थगित भएको थियो ।

संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीचको आज दोस्रो पटक भएको बार्ता निष्कर्षमा पुग्न सकेको छैन ।

विशेष महाधिवेशन पक्षधरले पार्टीको केन्द्रीय समितीले विशेष महाधिवेशनको अपनत्व लिने र सभापति देउवाले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने माग राखेका छन् । त्यस्तै भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्र मंगलबार समाप्त भएको छ भने आज नेतृत्व चयनको लागि निर्वाचन गर्ने बताइएको छ । निर्वाचन समितिले भोलि बिहान ८ बजे महाधिवेशन प्रतिनिधिहरुलाई भृकुटीमण्डपमा आउन आग्रह गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस