• २०८३ भाद्र २९ गते सोमवार

मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट
भदौ २८, सुदूरपश्चिम।  सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा मनाउँदै आएको अटवारी पर्वले आपसी सद्भाव, भाइचारा र सामाजिक एकता थप सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभएको छ । अटवारी पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस पर्वले मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण एवं प्रवद्र्धनमा थप ऊर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
“थारू समुदायले परम्परागत रुपमा मनाउँदै आएको पवित्र एवं महत्वपूर्ण अटवारी पर्वको सुखद अवसरमा थारू समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वस्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।
अटवारी पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारू समुदायले मनाउने धार्मिक तथा सांस्कृतिक पर्व हो । यो पर्व भदौ महिनामा, कृष्ण जन्माष्टमीपछिको आइतबार मनाउने परम्परा छ भने कतिपय ठाउँमा कुशेऔँसीपछिको पहिलो आइतबारलाई अटवारी भनेर विशेष रुपमा मनाइन्छ ।
May be an illustration of text that says 'C मुख्यमन्त्री J আবাজগীরন पवादी सेत्ाती, C 2૦७૪ सुदूरपशिम प्रदेश सरकार धनगढी, कैलाली, नेपाल I शुभकामना थारु समुदायले परम्परागत रुपमा मनाउदै आएको पवित्र एवं महत्वपूर्ण पर्व अटवारीको सुखद् अबसरमा सम्पूर्ण थारु समुदायका दिदीवहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समूृद्, सु-स्वास्थय एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दर्रु। अटवारी पर्वले आपसी सद्राव, मेलमिलाप, भाइचारा सामाजिक एकतालाई अझ सुदृढ बनाउदै हाम्रो मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण एवं प्रवर्दनमा थप ऊर्जा प्रदान गरोस् भत्रे शुभकामना व्यक्त गर्दन्তु। मिति: २०६३ भाद्र २ए् शनभुमिश्त स्व्गालय 如光 खगराज भट्ट मुख्यमन्त्री'

Sharing

प्रतिक्रिया दिनुहोस