• २०८३ साउन २८ गते बिहिवार

माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, डाछीमा सडक अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २८, काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–४ डाछीस्थित बाघधारा नजिक ईभी माइक्रोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बा.प्र.०१–००२ ज ९५८८ नम्बरको माइक्रोको ठक्करबाट स्थानीय ७० वर्षीय शंकरप्रसाद कुइँकेल गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा शंखरापुर अस्पताल, नारायणटारमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि माइक्रो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि मृतकका आफन्तसहित करिब २०० जना स्थानीय डाछी चोकमा भेला भई सडक अवरुद्ध गरेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस