असोज ३०, काठमाडौं । भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्ट क्रिकेटको पहिलो दिनको खेल वर्षाका कारण रद्द भएको छ । भारतको बेङ्गलुरुमा वर्षाका कारण पहिलो टेस्टको टस पनि हुन सकेन ।

यसैबीच भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भोलि टेस्टको दोस्रो दिन ९८ ओभरको खेल हुने र टस बिहान ९ बजे हुने जनाएको छ । यस्तै खेल साढे ९ बजे शुरू हुनेछ ।
भारत र न्युजिल्यान्डबीच तीन खेलको टेस्ट क्रिकेट शृङ्खला आजदेखि शुरू भएको हो । शृङ्खलाको दोस्रो खेल आउँदो अक्टोबर २४ देखि पुनेमा र तेस्रो तथा अन्तिम खेल नोभेम्बर १ देखि मुम्बईमा शुरू हुनेछ ।