• २०८३ साउन २८ गते बिहिवार

रोल्पाको पहिरो अपडेट: ३ जनाको मृत्यु, २ जना घाइते, ९ जना बेपत्ताको पहिचान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २९, रोल्पा। रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा ३ जनाको मृत्यु भएको छ । घटनामा २ जना घाइते भएका छन् भने ९ जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा थबाङ गाउँपालिका–५ की १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमल बहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेका छन् ।

पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर घाइते भएका छन् ।

त्यस्तै, पहिरोमा परी जुन कुमारी पुन मगर (४०), अशिम पुन मगर (९), अशोक पुन मगर (६), डल बहादुर पुन मगर (७५), अजम्बर पुन मगर (८०), बल बहादुर पुन मगर (७८), लिल बहादुर पुन मगर (७२), मनि पुन मगर (७१) र हस्तकला रोका मगर (६७) बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र स्थानीयवासी परिचालन गरिएको छ । अविरल वर्षाका कारण उद्धार तथा खोजी कार्यमा समेत कठिनाइ भइरहेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस