जेठ ३०, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्र बहादुर कार्कीलाई दिईएको छ ।

यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णु प्रसाद भट्ट सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सरुवा भएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक कार्कीलाई सो जिम्मेवारी दिईएको सशस्त्रले जनाएको छ ।