• २०८३ साउन २५ गते सोमवार

६५ मेगावाटको दूधखोला जलविद्युतलाई जुट्यो १० अर्ब लगानी व्यवस्थापन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, काठमाडौं ।  माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनी मार्फत निर्माण गर्न लागेको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । प्रबर्दक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकबीच वित्तीय व्यवस्थापन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार यस आयोजनामा लिड बैंकको रुपमा रहेको एनएमबि बैंकले ६ अर्ब ८१ करोड र सहायक बैंकको रुपमा रहेको सानिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएको छ। दुई बैंकले गरि आयोजनामा कुल १० अर्ब १ करोड लगानी गर्ने भएका हुन् ।

मनाङमा निर्माण हुने यस आयोजनाको कुल लागत १२ अर्ब ८९ करोड रहेको छ । प्रति मेगावाट लागत २० करोड भन्दा पनि कम रहेकोले यस योजनालाई आकर्षक मानिएको छ । आयोजनामा एनएमबि बैंक र सानिमा बैंकले १०.०१ अर्ब लगानी गर्ने छन् भने बाँकी रकम प्रबर्दक कम्पनीले लगानी गर्ने छ ।

आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै तत्काल आयोजना निर्माणको काम थाल्ने कम्पनीको तयारी छ। निर्माण थालेको ३ वर्षभित्रमा विद्युत उत्पादन थालिसक्ने कम्पनीको लक्ष्य छ । माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाले हाल नियमित विद्युत उत्पादन गरिरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस