• २०८३ बैशाख ३० गते बुधवार

रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ सम्म चितवनमा हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकले पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको रास्वपा सचिवालय सदस्य तथा संसदीय दलका उप नेता गणेश पराजुलीले जानकारी दिएका हुन् ।

यसअघि पटक पटक महाधिवेशनको मिति सार्बजनिक गरिए पनि सार्दै आइएको थियो । २०७९ असारमा औपचारिक रुपमा पार्टीको स्थापनाको घोषणा गरिएको भएपनि अहिलेसम्म पार्टीको महाधिवेशन गरिएको थिएन । रास्वपा २०७९ को असार १७ गते निर्वाचन आयोगमा दर्ता भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस