वैशाख ३०, काठमाडौं । गुजरात टाइटन्सले जारी आइपिएलमा सनराइजर्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले सनराइजर्सलाई ८२ रनले पराजित गरेको हो ।

गुजरातले दिएको १६९ रनको लक्ष्य पछाएको सनराइजर्स १४.५ ओभरमा अल आउट हुदै ८६ रन मात्र बनाएको थियो । सनराइजर्सका लागि कप्तान पाट कमिन्सले सर्बाधिक १९ रन बनाए भने सलिल अरोराले १६ र हेइनरिच क्लासेनले १४ रन बनाएका थिए । त्यस्तै गुजरातका बलर कागीसो रबाडा र जासन होल्डरले ३-३ र प्रसिद्ध कृष्णले २ विकेट लिएका थिए । त्यस्तै मोहमद सिराज र रशिद खानले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाउदै १६८ रन बनाएको थियो । गुजरातका लागि साइ सुदर्शनले सर्बाधिक ६१, वाशिंटन सुन्दरले ५० र निशान्त सिन्धुले २२ रन बनाएका थिए ।
त्यस्तै सनराइजर्सका बलर प्रफुल हिंगे र सकिब हसनले २-२ विकेट लिएका थिए ।
यो जितपछि गुजरात अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । गुजरातको १२ खेलमा १६ अंक रहेको छ । त्यस्तै सनराइजर्सको भने १२ खेलमा १४ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ ।
जारी आइपिएल अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलोर र कोलकोता नाइट राइडर्सबीच खेल हुदैछ ।