• २०८३ भाद्र ७ गते आइतवार

विनोद भण्डारीको पीएम कपमा दोस्रो शतक, कोशीलाई ३६३ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३०, काठमाडौं । विनोद भण्डारीले जारी पीएम कपमा १८९ रनको शतकीय पारी खेलेका छन् । सोमबार कोशी प्रदेशविरुद्ध त्रिभुवन आर्मी क्लबका लागि उत्कृष्ट ब्याटिंग गर्दै भण्डारीले १५० बलमा २१ चौका र ५ छक्का प्रहार गर्दै १८९ रन बनाएका हुन् ।

जारी पीएम कपमा यो दोस्रो शतक हो । भण्डारीले अघिल्लो खेलमा सुदूरपश्चिमविरुद्ध १०० रनको शतकीय पारी खेलेका थिए । आर्मी क्लबले कोशीविरुद्ध ५० ओभरमा ८ विकेट गुमाउदै ३६२ रन बनाएको छ । आर्मीका लागि भीम सार्कीले ८० रन बनाएका थिए भने तृतराज दासले ३३ रन बनाएका थिए । त्यस्तै कोशी प्रदेशका बलर विपिन महतोले ३ विकेट लिएका थिए भने दिपेश कँडेल, रोहण शाह र आशिष मगरले एक एक विकेट लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस