• २०८३ बैशाख ९ गते बुधवार

एमाले अध्यक्ष ओलीलाई पितृशोक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २९, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीका पिता मोहन ओलीको गएराति ३ वजे ९६ वर्षको उमेरमा काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ भने साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

स्वर्गीय मोहन ओली केही समयदेखि अस्वस्थ रहेको बताइएको छ। उनको निधनप्रति विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस