• २०८३ बैशाख २९ गते मङ्गलवार

बराबरीमा रोकियो आर्सनल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १, काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा आर्सनल ब्रेन्टफोर्डसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।  यस खेलमा आर्सनलका लागि नोनी माडुएकेले गोल गरेका थिए भने ब्रेन्टफोर्डका लागि कीन लेविस पोटरले एक गोल गरेका थिए ।

यो बराबरीपछि आर्सनलको २६ खेलमा ५७ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै ब्रेन्टफोर्डको २६ खेलमा ४० अंक भएको छ र लिगमा सातौं स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस