पौष २९, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ कार्यसमितिको निर्वाचनको तालिका संशोधन गरिएको छ । निर्वाचन समितिले उमेदवारको मनोनयनपत्र दर्ताको समय बेलुका साढे ६ बजेदेखि साढे ७ बजेसम्म गरिने जनाएको छ ।

मनोनयनपत्र दर्ताका निम्ति यसअघि आजै दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको थियो । पछि मनोनयनपत्र बेलुका ५ बजेपश्चात् दर्ता गरिने भनिएको थियो । उम्मेदवारी दिन ठुलो संख्यामा नेताहरुले मनोनयन फारम लिन थालेपछि समितिले समय संशोधन गरेको जनाएको छ । अहिले निर्वाचन समितिले आफ्नो कार्यतालिका अगाडी बढाइरहेको छ भने संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच वार्ता पनि जारी रहेको छ ।