• २०८३ मङ्सिर ३ गते बुधवार

नेप्सेमा सामान्य वृद्धि, ६ अर्ब ९९ करोडको कारोबार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २९, काठमाडौं । नेप्से आज सामान्य बढेको छ । मंगलबार नेप्से ४.९० अंकले बढेर २६३९.९१ विन्दुमा पुगेर रोकिएको छ । आज ३३९ कम्पनिका एक करोड ३६ लाख २४ हजार ८२४ कित्ता शेयर ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार ३९ मा कारोबार भएको थियो । आज बैंकिङ, फाइनान्स, होटल्स, जीवन वीमा, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने दोर्दी खोला हाइड्रोको शेयर ९.३८ प्रतिशतले बढेको छ । त्यस्तै आज रसुवागढी हाइड्रोको शेयर सबैभन्दा बढी ६.०९ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी राढ़ी जलविद्युतको ५४ करोड ६५ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ३४ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस