• २०८३ बैशाख २८ गते सोमवार

यस्तो छ काँग्रेसको मनोनयन पत्र दर्ता शुल्क

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २९, काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता शुल्क निर्धारण गरेको छ । जस अनुसार सभापति पदको उम्मेदवारी दर्ता गर्न ३० हजार शुल्क तोकिएको जनाएको छ ।यस्तै, उपसभापति र महामन्त्रीका लागि २५-२५ हजार र सहमहामन्त्रीका लागि २० हजार शुल्क तोकिएको छ ।

त्यस्तै केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तोकिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार उक्त शुल्क कांग्रेस विशेष केन्द्रीय महाधिवेशन निर्वाचन निर्देशिका २०८२ को अनुसूची ७ बमोजिम तोकिएको छ । त्यस्तै निर्वाचन समितिले मतदाताको अन्तिम सुची पनि सार्बजनिक गरेको छ । कांग्रेसका महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ७४३ रहेको छ । यीमध्ये पार्टी परित्याग गर्ने ६१ जना र मृत्यु भएका महाधिवेशन प्रतिनिधिको संख्या ४४ रहेको समितिले जनाएको छ । समितिका अनुसार अहिले जम्मा महाधिवेशन प्रतिनिधिको संख्या ४६३८ रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस