• २०८३ बैशाख २९ गते मङ्गलवार

बन्दूकले उत्पीडित समुदायका प्रतिनिधिहरू सांसद र मन्त्री बन्ने ढोका खोल्यो- प्रचण्ड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २९, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले क्रान्तिका उपलब्धिमाथि गर्व गर्ने समाजमा नै केही पात्रहरू अझै क्रान्तिको अपराधीकरणमा लागेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रचण्डले सामन्तवादविरुद्ध आफुहरुले उठाएको बन्दूकले ढोका खोलेकोकै कारण आज उत्पीडित समुदायका प्रतिनिधिहरू सांसद र मन्त्री बन्न सकेको स्पष्ट गरे ।

उनले शान्ति प्रक्रियापछिको मधेशी अभियानको स्मरण गर्दै भने- ‘शान्तिप्रक्रियालगत्तै काठमाडौंका भित्ताहरूमा हामीले मधेशी हुनुको गर्व स्थापित गर्न अभियान सञ्चालन गरेका थियौं। काठमाडौंसँग मधेशले काठमाडौंमै आफ्नो पहिचान र आत्मसम्मानको यति निर्भीक दाबी यसअघि कहिल्यै गरेको थिएन ।’

प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहको उदयलाई क्रान्तिको जीतको रूपमा व्याख्या गर्दै भने – बालेन्द्र शाह काठमाडौंको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नुभएको छ। पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै संकल्पको जीत हो ।’

Sharing

प्रतिक्रिया दिनुहोस