फागुन २८, काठमाडौं । झापाका मतदातालाई अपशब्द भन्ने रविरत्न चुडाल पक्राउ परेका छन् । उनलाई काठमाडौं बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

चुडाल काठमाडौंबाट पक्राउ परेका हुन् । चुडालले सामाजिक सञ्जालमा निर्वाचनका सन्दर्भमा झापाका स्थानीयलाई लक्षित गर्दै अपशब्द बोलेपछि उनी विरुद्ध उजुरी परेको थियो ।