• २०८३ बैशाख २८ गते सोमवार

गुग्लिएल्मो एरेना नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, काठमाडौं । स्वीस प्रशिक्षक गुग्लिएल्मो एरेना नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको छ ।

अखिल नेपाल फुटबल संघको सातदोबाटोस्थित परिसरमा बिहीबार आयोजित कार्यक्रममा एन्फाका महासचिव किरण राईले एरेनालाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।

एरेनाको पहिलो जिम्मेवारीका रूपमा नेपालले यही मार्च २६ मा दशरथ रंगशालामा हङकङ चीनविरुद्ध खेल्ने खेल रहनेछ ।

५२ वर्षीय एरेनाको यसअघि विभिन्न अन्तर्राष्ट्रिय क्लब र टोलीको प्रशिक्षण सम्हालेको अनुभव रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस