• २०८३ भाद्र २६ गते शुक्रवार

विराटनगरमा अम्पायरहरूको रिफ्रेसर कोर्स सुरु,उदघाटन CAN उपाध्यक्ष रोशन सिंहले गरे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा अम्पायरहरूको क्षमता अभिवृद्धि तथा पछिल्लो समय क्रिकेटमा विकसित नियम र प्रविधिबारे जानकारी गराउने उद्देश्यले ‘Umpires Refresher Course’ विराटनगरमा सुरु भएको छ। कोशी प्रदेशको विराटनगरमा सेप्टेम्बर ११ र १२, २०२६ गरी दुई दिन सञ्चालन हुने उक्त रिफ्रेसर कोर्सको उद्घाटन नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह रोयलले गरेका छन्।

कार्यक्रममा अम्पायरहरूलाई क्रिकेटका पछिल्ला नियम, निर्णय प्रक्रियामा देखिने चुनौती, खेल सञ्चालनका क्रममा अपनाउनुपर्ने मापदण्ड तथा आधुनिक क्रिकेटमा अम्पायरिङको भूमिकालगायतका विषयमा प्रशिक्षण तथा पुनर्ताजगी गराइनेछ।

क्रिकेटको स्तरसँगै अम्पायरिङको गुणस्तरमा समेत सुधार ल्याउने उद्देश्यले आयोजना गरिएको यस किसिमको प्रशिक्षणले राष्ट्रिय तथा प्रदेशस्तरका प्रतियोगितामा अम्पायरहरूको निर्णय क्षमता अझ प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

दुईदिने कार्यक्रममा सहभागी अम्पायरहरूले आफ्नो अनुभव आदान–प्रदान गर्नुका साथै क्रिकेटका नियम तथा अम्पायरिङसम्बन्धी नयाँ पक्षबारे जानकारी हासिल गर्ने अवसर पाउनेछन्।

नेपालमा क्रिकेटको व्यावसायिक तथा प्रतिस्पर्धात्मक वातावरण विस्तार हुँदै गइरहेका बेला दक्ष र गुणस्तरीय अम्पायर उत्पादन तथा विद्यमान अम्पायरहरूको क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको सन्दर्भमा यो रिफ्रेसर कोर्सलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस