• २०८३ बैशाख १९ गते शनिवार

नेपाल पत्रकार महासंघ बाँकेमा तालाबन्दी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १६, बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखामा प्रेस चौतारी बाँकेले अनिश्चितकालिन तालाबन्दी गरेको छ । केन्द्रीय कार्यालयले अवैध र राजनीतिक मनोमानीका आधारमा २५ गते तोकिएको निर्वाचनका लागि मतदाताका रूपमा बाँके जिल्लामा गैरपत्रकारलाई नामावली संलग्न गरी नाम सार्वजनिक गरेपछि प्रेस चौतारी बाँकेले महासंघ बाँकेमा तालाबन्दी गरेको हो ।

चौतारीका अध्यक्ष हेमन्त बिकको नेतृत्वमा महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि, अग्रज पत्रकारहरु शिव डोटेल, जे पाण्डे लगायतका पत्रकारहरुको सहभागीतामा तालाबन्दी गरिएको हो । महासंघ बाँकेले निर्णय गरी पठाएको नयाँ सदस्यता केन्द्रबाट नआउँदासम्म निर्वाचनको सम्पूर्ण कार्यक्रम अगाडी बढ्न नदिन चौतारीले तालाबन्दी गरेको हो । चौतारीका अनुसार महासंघले पठाएका सदस्यहरुको सूचीमा क्रियाशिल पत्रकारको नाम समेत छुटाएको छ ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस