• २०८३ जेष्ठ २८ गते बिहिवार

नाइजेरियामाथि पोर्चुगल २-१ ले विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २८, काठमाडौं । पोर्चुगलले मैत्रीपूर्ण खेलमा नाइजेरियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले नाइजेरियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा पेड्रो नेटो र फ्रान्सिस्को कोन्सेइकाओले एक एक गोल गरेका थिए । त्यस्तै नाइजेरियाका अकोर एडम्सले एक गोल गरेका थिए । पोर्चुगलले विश्वकप अघि खेलेको अघिल्लो मैत्रीपूर्ण खेलमा चिलीलाई पनि २-१ गोल अन्तरले नै पराजित गरेको थियो ।

अब पोर्चुगलले विश्वकप अन्तर्गतको खेलमा जुन १७ मा डिआर कंगोको सामना गर्ने छ भने जुन २३ मा उज्बेकिस्तान र जुन २८ मा कोलोम्बियासँग खेल्ने तालिका रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस