• २०८३ मङ्सिर ४ गते बिहिवार

घरेलु मैदानमा बोर्नमाउथसँग आर्सनल स्तब्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २८, काठमाडौं । बोर्नमाउथले इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा आर्सनललाई स्तब्ध पारेको छ । शनिबार सम्पन्न खेलमा बोर्न माउथले आर्सनललाई उसकै घरेलु मैदानमा २-१ गोल अन्तरले पराजित गरेको हो ।

बोर्नमाउथको जितमा एली जुनियर क्रोउपी र एलेक्स स्कटले एक एक गोल गरेका थिए । त्यस्तै आर्सनलका लागि एक गोल भिक्टोर ग्योकेरेजले गरेका थिए ।

बोर्नमाउथ यो जितपछि ३२ खेलमा ४५ अंकसहित नवौं स्थानमा उक्लिएको छ । त्यस्तै आर्सनलको भने ३२ खेलमा ७० अंक रहेको छ र शिर्ष स्थानमा कायम रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस