• २०८३ जेष्ठ ८ गते शुक्रवार

उद्योग वाणिज्य महासंघको साधारण सभा र निर्वाचन बैशाख २१ र २२ गते हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २८, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारण सभा एवं निर्वाचन २०८३ बैशाख २१ र २२ गते आयोजना हुने भएको छ ।

शुक्रबार बसेको महासंघको पदाधिकारी समितिको बैठकले चैत्र २९ र ३० गतेका लागि गर्ने तयारी भएको साधारण सभा र निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशले स्थगित भएपछि २०८३ बैसाख २१ र २२ गते आयोजना गर्ने निर्णय गरेको हो ।

साथै बैठकले कार्यकारिणी समितिको बैठक २०८३ वैशाख ९ गते आयोजना गर्ने निर्णय गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस