• २०८३ बैशाख २२ गते मङ्गलवार

राष्ट्रघाती कुकृत्य गर्नेले हामीलाई निष्कासित गर्नु हाँस्यास्पद : नेता रावल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, काठमाडौं । नेकपा (एमाले) बाट निश्कासनमा परेका नेता भीम रावलले आफूहरुलाई गरेको कारबाही केपी गुटको फुटवादकै निरन्तरता भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा रावलले देशलाई अस्तव्यस्त बनाउने केपी ओली गुटले आफूहरुलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद भएको बताएका हुन् ।

सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले रावललगायत वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको थियो । यस लगतै सामाजिक सञ्जाल ट्वीटरमा रावलले लेखेका छन :”पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने,देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ।यो केपी गुटको फुटवाद कै निरन्तरता हो ।”

Open Photo

Sharing

प्रतिक्रिया दिनुहोस