• २०८३ भाद्र २८ गते आइतवार

अभ्यास खेलमा अमेरिकामाथि नेपाली महिला टिम ४ विकेटले विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौं । नेपाली महिला राष्टिय क्रिकेट टिमले अभ्यास खेलमा अमेरिकालाई पराजित गरेको छ । नेपालले आइतबार सम्पन्न खेलमा अमेरिकालाई ४ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको १५८ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि अमेरिकाले २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो । यस अघिका दुई अभ्यास खेलमा नेपालले स्कटल्याण्ड र अमेरिकासँग पराजित भएको थियो । जनवरी १८ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुनेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस