• २०८३ बैशाख ८ गते मङ्गलवार

प्रशान्त तामाङको निधनप्रति पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीबाट दुख व्यक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौं ।  गायक तथा अभिनेता प्रशान्त तामाङको निधनप्रति पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि तामाङको मृत्युमा शोक व्यक्त गरेकी छिन् । ममता बनर्जीले इन्डियन आइडल विजेता प्रसिद्धि प्राप्त राष्ट्रिय स्तरमा मान्यता प्राप्त कलाकार प्रशान्त तामाङको अचानक र असामयिक निधनबाट दुःखी भएको बताएकी छन् ।

उनले भनेकी छन्- ‘दार्जिलिङ पहाडहरूसँगको उनको सम्बन्ध र कोलकाता प्रहरीसँगको उनको एक समयको सम्बन्धले उनलाई बंगालमा हामी सबैको लागि विशेष प्रिय बनायो । म उनको परिवार, साथीभाइ र अनगिन्ती प्रशंसकहरूप्रति समवेदना व्यक्त गर्छु ।’ तामाङको आइतबार दिल्लीमा हृदयघातका कारण निधन भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस