वैशाख ८, रौतहट। रौतहटको बौधिमाई नगरपालिका–७ बाट प्रहरीले २० वर्षीय भारतीय नागरिक सूर्य कुमार दासलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ।

सोमबार साँझ शंकास्पद अवस्थामा फेला परेका उनलाई खानतलासी गर्दा पेस्तोल, मोबाइल र भारतीय सिम बरामद भएको प्रहरीले जनाएको छ।
घटना सम्बन्धमा थप अनुसन्धान जारी छ।