पौष २७, काठमाडौं । भारत र न्यूजील्याण्डविरुद्धको एकदिवसीय सिरिज आजदेखि शुरु हुदैछ । सिरिज शुरु हुनु अघि भारतलाई भने केटकिपर-ब्याट्सम्यान ऋषभ पन्त अभ्यासको क्रममा घाइते भएपछि सिरिजबाट बाहिरिएपछि ठुलो धक्का लागेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले पन्त घाइते भएपछि उनको स्थानमा ध्रुव जुरेललाई टिममा समावेस गरेको छ ।

शनिबार अभ्यास सत्रको क्रममा ऋषभ पन्त अस्वस्थ भएको बताइएको छ । बीसीसीआईले बताएअनुसार त्यसको लगत्तै, मेडिकल टोलीले उनलाई एमआरआई स्क्यानको लागि लग्यो र विशेषज्ञहरूसँग विस्तृत परामर्श गरेपछि, उनको साइड स्ट्रेन भएको पत्ता लाग्यो । यसले उनलाई एकदिवसीय सिरिजबाट फिर्ता हुन् बाध्य बनायो । भारतले न्यूजील्याण्डविरुद्धको तीन खेलको सिरिजको पहिलो खेल आज हुदैछ भने दोस्रो खेल जनवरी १४ मा र तेस्रो खेल जनवरी १८ मा हुदैछ ।